add frist

प्रधानमन्त्री ओलीद्धारा नेपालको दोस्रो लामो पुलको उद्घाटन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कै दोस्रो लामो पुलको उद्घाटन गरेका छन् । सोमवार दाङको राप्ती नदीमा रहेको उक्त पुलको उद्घाटन गरेका हुन् ।

राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीको २०७३ मंसिर २२ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिलान्यास गरेका थिए । उनी त्यतिबेला प्रधानमन्त्री थिए । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ उक्त पुल करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।

पुल ४ वर्ष भित्र निर्माण गरि सक्ने सम्झौंता थियो । तर, निर्माण कम्पनीले तोकिएको समयभन्दा ४ महिना अगाडि नै पुल निर्माणको काम पुरा गरेको थियो । उक्त पुल ६ महिनाअघि निर्माण सम्पन्न भएको थियो । राप्ती नदीमा पुल नहुदाँ यहाँका नागरिकहरुले बर्षायाममा निकै सास्ती भोग्दै आएका थिए । ज्यानलाई जोखिममा राखेर डुंगाबाट नदि वारपार गर्ने गर्दथे ।

त्यस्तै कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो यो पुल निर्माण भएसंगै पूर्व पश्चिम राजमार्गबाट गढवा जान १५ मिनेटपनि समय लाग्दैन । लामो पुल निर्माण भएपछि स्थानीयको दुःख र सास्ती घटेको छ ।

राप्ती गाउँपालिकाबाट सिधैँ गढवा गाउँपालिका जान सकिन्छ । बर्दियाको कोठियाघाट स्थित कर्णाली नदीमा रहेको पुल नेपालको सबै भन्दा लामो पुल हो । जसको लम्बाई १ हजार १५ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु