add frist

निर्मला र भागरथीका हत्यारा पानीमुनि गए पनि पत्ता लगाउँछौँ : प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ ।

बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताउनुभयो ।
‘हत्यारालाई पानी मुनि गए पनि छोडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन् , विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन,’ ओलीले भन्नुभयो ।

हत्याराहरु दुईरचार दिन भागे पनि एक वर्ष कतै लुके पनि पक्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु