add frist

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउन प्रयास गरियो : प्रचण्ड

बुटवल, फागुन । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउन प्रयास गरिएको बताए । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको बताए । प्रचण्डले भने, ‘संविधानमा नपुगेका कुरालाई थप गर्दै लैजाने किअहिलेका उपलब्धीलाई हत्या गर्ने भन्ने बहस जारी छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई ब्युताएको तर्फ प्रचण्डले संकेत गर्दै जन्मिसकेको बच्चालाई फेरि आमाको गर्वमा लगिदिने जस्तो अनौंठो र अस्वभाविक घटना देख्नु परेको बताए । देशको राजनीतिक अवस्था संविधानको रक्षा गर्ने र हत्या गर्ने बहसमा रहेको प्रचण्डले बताउँदै शान्तीपूणर् आन्दोलनको आधि बेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताए ।

दलित, मधेशी , मुस्लिम ,महिला तथा पिछडिएका वर्गको उत्थानको लागि संविधान रक्षाको आवश्यकता रहेको बताए सडकबाट रङ्गिन शान्तिपूणर् आन्दोलनको अहिले आवश्यकता रेहको र शान्तीपूणर् क्रान्ती आफुले सम्पन्न गर्ने प्रचण्डले बताए ।

देशको आमुल राजनीतिक परिर्वतनमा योगदान दिएका नेताहरु माथि प्रहार सुरु भएको प्रचण्डले बताए । अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा धेरै घेरावन्दी आफुमाथि भएको पनि बताए । ‘प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपाराउने देशी विदेशी शक्तिहरु सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरुको बद्नाम गर्ने कोशिस भैरहेको छ ।’, प्रचण्डले भने, ‘अहिले सबैभन्दा धेरै घेराबन्दी ममाथि भएको छ ।’

यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले देशको राजनीतिक परिवर्तन गरि शान्तिपूणर्बाटोमा ल्याउँनको लागि गिरिजा प्रसाद कोईराला र पुष्पकमल दाहालको मुख्य भूमिका रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु