प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन अभिमुखीकरण सम्पन्न

बुटवल,चैत। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि तीन तहका सरकार तथा सरोकारवाला सबैको उत्तिकै भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशले चैत २३ गते बुटवलमा आयोजना गरेको विपद् न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रममा यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय अध्यक्ष जिताराम लामाले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भमा आइपर्ने समस्याहरु र नागरिक संगठनहरुले खेल्नुपर्ने भूमिकाका र अहिलेसम्म गैरसरकारी संस्थाहरुले गरेका कामहरु र आगामी योजनाका विषयमा बताउनुभएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले तीन तहका सरकारको संरचनामा गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गराएर अगाडी बढ्न सके मात्र कार्यक्रमले सफलता पाउने बताउनुभयो । शर्माले सरकारको कामलाई सघाउने काम गरिरहेकोले आगामी दिनमा पनि अझ सक्रिय भएर अगाडी बढने बताउनुभयो ।
कार्यकमको सहजीकरण गर्दे लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्रालयका विपद न्यूनीकरण तथा व्यवस्थापन शाखाका प्रमुख बाबुराम पंन्थीले लुम्बिनी लुम्बिनी सरकारको प्राथमिकताका विषयमा जानकारी गराउदै प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन ऐन,नीति र रणनीतिक कार्ययोजना स्वीकृतको चरणमा रहेको, प्रदेश आपतकालिन केन्द्रको स्थापना र संचालनमा आइसकेको, प्रदेशस्तरीय विपद् जोखिम क्षेत्रको पहिचान तथा नक्सांकन र स्थानीय तहको विपद् प्रतिकार्य क्षमता अभिबृद्धि तथा स्थानीय तहको विपद प्रतिकार्य क्षमताको अभिभृद्धि लगायतका कार्य गर्दे आएको, प्रदेश विपद भण्डारण केन्द्रको व्यवस्थापन लगायतका कार्य गर्दे आएको र यसलाई सफल पार्नका लागि सरोकारवालाहरुको सुझाब महत्वपूर्ण रहेकोले यस्ता कार्यक्रमले अझ बढी महत्व राख्ने बताउनुभयो ।
कार्यक्रम गैरसरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष गोविन्द प्रसाद रेग्मीको अध्यक्षता, प्रदेश सचिव कमल प्रसाद गौतमको संचालन तथा सदस्य देवराज खनालको व्यवस्थापनमा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाकाका विपदको क्षेत्रमा काम गर्ने विभिन्न क्षेत्रको प्रतिनिधित्व भएको थियो ।