add frist

संविधान दिवसका अवसरमा ८ जनालाई माफी, ५ सय २३ जनाको कैद कट्टा

काठमाडौं, असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ८ जनालाई माफी र पाँच सय २३ कैदीको कैद कट्टा गर्नुभएको छ ।

आज शनिवार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति निकालेर संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जनाको कैद सजाय माफी गर्नुभएको जनाएको छ ।

त्यस्तै हर्कबहादुर राईसमेत ५ सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा दिइएको हो । गएको भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु