कांग्रेस महाधिवेशन : बुटवलमा खेलराज पाण्डेय बिजयी

बुटवल, असोज । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत शनिवार भएको बुटवल उपमहानगरपालिकाको अधिवेशनबाट सभापतिमा संस्थापन इतर समूहका खेलराज पाण्डे बिजयी भएका छन् ।
संस्थापन समूहका रीता केसी क्षेत्रीलाई पराजित गर्दै पाण्डे सभापतिमा पुनः निर्वाचित भएका हुन् ।पाण्डेयले ४१२ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुँदा रीता केसीले १२४ मतमात्रै प्राप्त गरिन ।यस्तै उपसभापतिमा पाण्डेय प्यानलकै ज्योती भन्डारी र हितमान पून, सचिवमा गङ्गा पन्थी र छाया पोख्रेल निर्वाचित भएका छन भने सहसचिवमा देवलाल अर्गली र केसी प्यानलका गणेश घिमिरे मात्रै निर्वाचित भए ।