add frist

दियोबाट सल्किएको आगोले एकै घरका ४ जनाको मृत्यु

बुटवल । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको ज्यान गएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन् ।

मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र निर्जल ताम्राकारको मृत्यु भएको बताउनुभयो ।

आगो बल्दै गर्दा घरबाट हाम फालेका छोरा र छोरी घाइते भएको प्रहरीले जनाएको छ ।

घरको तेस्रो तलामा बालेको दियोले पर्दामा आगो सल्किएर भान्सासम्म पुगेपछि सिलिण्डर समेत पड्किएको अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु