add frist

आज २३५ जनामा कोरोना संक्रमण , ४ जना संक्रमितको मृत्यु

बुटवल, पुस । नेपालमा आज थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वितेको २४ घण्टामा ९ हजार ८४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २ सय १२ जना संक्रमित निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ पुगेको छ ।

यस्तै कुल संक्रमितको संख्या ९ लाख २४ हजार ६ सय ३३ पुगेको छ । जसमध्ये ८ लाख ११ हजार ९ सय ५८ जना निको भएका छन् । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अब सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु