add frist

तिलोत्तमामा माघ १३ गतेदेखि औद्योगिक कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

बुटवल । रुपन्देहीको तिलोत्तमामा आगामी माघ १३ गतेदेखि औद्योगिक कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।
तिलोत्तमा चेम्बर अफ कमर्स मुख्य आयोजकका रुपमा रहेको महोत्सवमा निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने लगायतका उद्देश्यहरु तय गरिएका छन् । यसैगरी कृषिजन्य उत्पादनको बजार प्रवर्द्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुयाउने लक्ष्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालले जानकारी गराए ।
महोत्सव बारे जानकारी गराउन सोमबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरि तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । मेलामा १० करोड बराबरको कारोबार तथा २ लाख दर्शकले अबलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

देश-विदेशका व्यवसायीहरुसंग अनुभव आदान-प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने लक्ष्य राखिएको मेलाको आयोजक संस्थाका रुपमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्स तथा रुपन्देही व्यापार संघ रहेका छन् ।

महोत्सवमा कृषि व्यवसाय सम्बन्धी गोष्ठी, ताजा तरकारी तथा फलफूल प्रर्दशनी, आधुनिक कृषि पेभिलियन, होटल व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन गोष्ठी, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी मुख्य आकर्षणका रुपमा रहने छन् । यसैगरी राष्ट्रिय स्तरको सांस्कृतिक एवं हास्य व्यंग कार्यक्रम, स्थानीय गीत एवम् नृत्य, डान्स आइडल सहितको विविध सांस्कृतिक कार्यक्रम, लोक दोहोरी प्रतियोगिता लगायत रहेका छन् । कूल ३ सय स्टल रहने मेलामा १५ वटा तिलोत्तमाका महिला कृषक समूहको हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु