add frist

आर्थिक समृद्धिमा लाग्ने सोचका साथ झिगामारामा काजिल फार्मसँगै रिसोर्ट सञ्चालन

बुटवल,माघ । पछिल्लो समयमा नेपालमा कालिज पाल्नेको संख्खा तिव्र रूपमा बढ्दो छ । नेपालमा कालिज नामको चरालाई मासुको मिठास र तागतको प्रतिकको रूपमा पनि चिन्ने गरिन्छ । मानिसमाझ यतिवेला कालिजको माहोल नै बनेको छ र धेरैले भन्ने गरेका छन् कालिज फार्म हेर्न जाउँ वा कालिजको मासु खाँउ, कालिजको मासु भन्नसाथ मासुखाने मानिसमाझ मुख रसाउने बिषय नै बनेको छ । पुरना पुस्ताका धेरैले बनमा लुकिचोरी कालिज मारेर खाँएका पनि थिए । तर नयाँपुस्ता तथा सहरमा बस्ने पुस्ताको लागी कालिज एउटा स्वादिलो सपना नै बनेको छ । पश्चिम पाल्पाको पर्यटकीय स्थल तिनाउ–१,झिगामारामा मोति न्यौपाने र मोति गौतमले सुरूवात गरेको कालिज पालन गरेर राम्रो आम्दानी मात्रै गरेका छैनन, नयाँ व्यवसाय गरेर उदाहरणीयसमेत बनेका छन् ।

झिगामारामा आन्तरिक पर्यटकलाई लक्षित गदै उनिहरूले काजिल फार्मसँगै पानस वाइल्ड लाइफ एण्ड रिसोर्ट पनि सञ्चालनमा ल्याएका छन् । कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले आफ्नो उत्पादन आफैले खपत गरी आर्थिक समृद्धिमा लाग्ने सोचका साथ रिसोर्ट सञ्चालनमा ल्याएको उनिहरू बताउछन् । गाउँमै २ हजार पाँच सय बढी कालिज पालेर बसेका उनले ७ बेडका फरक–फरक रुमसहित ५० जना क्षमताको मिनिहल, रेष्टुरेण्ट तथा बारसहितको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । २ करोड बढीको लगानीमा सञ्चालनमा ल्याइएको रिसोर्टमा गाउँघरमै उत्पादन भएका परिकारहरु, कालिज तथा लोकल कुखुराका परिकारहरु उपब्ध हुने उनले बताए ।

करिब ७० रोपनी क्षेत्रफलमा कालिज फार्मसहित रिसोर्ट सञ्चालनामा ल्याएका उनिहरूले शहरको कोलाहलबाट शान्त तथा स्वच्छ वातावरणमा बस्न चाहने पर्यटकहरुलाई समेत यसले आकर्षण गर्ने विश्वास व्यक्त गरे । रुपन्देहीको सैनामैना–२ रानिबगियाबाट उत्तरतर्फ ९ किलोमिटर उकालो चढेपछि हरियाली जँगलको बीचमा तराईको मनोरम वातावरण नाङ्गो आखाले अवलोकन गर्न आउने पर्यटकहरुलाई मिठो आतिथ्यताका लागि रिसोर्ट तयार पारिएको उनहरू बताउँछन् ।

ह्याचिङ मेसिन समेत राखेर आफै चल्ला उत्पादन गरेका उनिहरूको मासुका लागि भाले कालिजको सङ्ख्या बढाउने योजना छ । पाँच महिनामा दुई किलो भन्दा बढी तौल हुने र ती कालिज मासु खानका लागि योग्य हुने उनले जानकारी दिए । पारिवारीक बसाई तथा साथीभाईसँग तराई छोडेर छोटो दुरीमै पहाडको मजा लिन आउनेहरुका लागि आधुनिक परिकार मात्रै होइन परम्परागत र साँस्कृतिक खानाका परिकारहरुको स्वादमा सेवा उपलब्ध गराइने उनले बताए ।

कालिजको मासु सबैका लागि स्वादिष्ट र उपयोगी हुने भए पनि विशेष गरी युरिक एसिड भएका व्यक्ति र सुत्केरी महिलाका लागि हितकारक हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु