पछिल्लो २४ घण्टामा १ हजार ५७० मा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

बुटवल,माघ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।