add frist

रहेनन् लोक गायक जयानन्द लामा

बुटवल । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका(२ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।

हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए ।

लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो । दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए ।

उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु