add frist

एमालेको पहिलो चुनाव प्रचार कार्यालय बुटवलबाट सुरु

बुटवल । एमालेले चुनाब केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु गरेकै बेला बुटवलबाट चुनावकेन्द्रित प्रचार कार्यालयसमेत शुभारम्भ भएको छ । वडास्तरमा स्थापना भएको चुनाव प्रचार कार्यालय सम्भवतः मुलुककै पहिलो हो ।

मुलुकमा सबैभन्दा धेरै जनघनत्व र जनशंख्या रहेको बुटवल उपमानगरपालिका ११ बाट एमालेले पहिलो प्रचार कार्यालय शुभारम्भ गरेको छ । प्रचार कार्यालयको पार्टीका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बुधबार एक समारोहबीच शुभारम्भ गर्नुभयो ।

त्यसअवसरमा उहाँले जनस्तरमा भएगरेका कामको सूचि बनाउने, टोलस्तरबाटै समस्याको पहिचान गरी समाधानका लागि गरिएका अगुवाई र सफल प्रयासहरुको समेत सूचि बनाएर जनस्तरमा जान पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

पार्टीका वडा कमिटी अध्यक्ष दिनानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी विभिन्न तहका नेता तथा अगुवा कार्यकर्ताहरुले समृद्ध बुटवल, खुशी बुटवलबासीको लक्ष्य अनुसार भएगरेका कामको सूचि बनाएर प्रचारमा जाने र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनका लागि समेत समन्वय तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसअवसरमा पार्टीका नेताहरु जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज राजेन्द्र ढकाल, पार्टीका नेता तथा वडा ११ का निर्वाचित अध्यक्ष रामचन्द्र क्षेत्री, अग्रज नेताहरु खकप्रसाद पुन, मेघराज न्यौपाने, अनेमसंघ केन्द्रीय सदस्य ज्ञानु केसी, पर्टीका जिल्ला सदस्य तथा युवा नेताहरु ऋषिराम पाण्डे, बाबुराम पन्थी, नहकुल शाही, पार्टीका उपमहानगर कमिटीका उपाध्यक्ष शोभाखर पोखरेल र सचिव मेघराज भट्टराईलगायतले चुनावकेन्द्रित अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो । वडा कमिटीका उपाध्यक्ष दुर्गा श्रेष्ठले स्वागत र सचिव तेजेन्द्र खनालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रचार कार्यालयमार्फत् अब चुनावकेन्द्रित प्रचारका काम गरिनेछन् । पार्टीको नेतृत्वमा चुनाव जितेर गएपछि भएका कार्यहरुको सूचि तयार पार्ने, घोषणापत्र अनुसारका काम के कति भए त्यसको सूचि तयार पारेर जनस्तरसम्म लैजाने गरी संयन्त्र तयार पारिएको वडा कमिटीका अध्यक्ष दिनानाथ भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु