नेत्रहिन युवा संघ रुपन्देहीद्धारा सियारीमा चेस खेलकुद तालिम प्रदान

बुटवल । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजना र सियारी गाउँपालिका वडा नम्बर ५ को सहयोगमा दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि ‘चेस खेल’ तालिम प्रदान गरिएको छ । दुई दिन सम्म सियारी गाउँपालिका वडा नम्बर ५ मा रहेको दृष्टि बिहिन श्रोत विद्यालय विरेन्द्र माविमा तालिम आयोजना गरिएको हो ।
तालिमका एक कार्यक्रमका विच समापन गरिएको छ । विरेन्द्र मावि छपियाका प्रधानाध्यापक कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सियारी गाउँपालिका नगर कार्यपालिका सदस्य देवकी खरेलको प्रमुख आतिथ्यता रहेको थियो । तालिम समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि खरेलले दृष्टिविहनता भएका विद्यार्थीहरुले पनि चेस खेलमा सहभागी भएको देख्न पाउँदा अत्यान्तै खुसी लागेको बताईन ।उनले गाउँपालिकाले आगामी दिनमा पनि अपाङ्गता भएका व्याक्तिहरुको हितको लागि जहिले पनि सहयोग गर्ने प्रतिवद्धता जनाईन ।
कार्यक्रममा विद्यालय व्यवस्थाप समितिका सदस्य चन्द्रकान्त शर्मा, रुकमणी चौधरी विद्यालयका स्रोत शिक्षक लोकनाथ सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकराम पौडेलको सञ्चालनमा भएको कार्यक्रममा परियोजना फिल्ड अफिसर अस्मीता क्षेत्रीले स्वागत मन्तव्य राखेकी थिईन । दुई दिन सम्म चलेको तालिममा प्रशिक्षक जीवन पोख्रेलले सहजीकरण गरेको नेत्रहिन युवा संघ रुपन्देहीका कोशाध्यक्ष माधव कमला पौडेलले जानकारी दिइन। सोही कार्यक्रममा नेत्रहिन युवा संघ रुपन्देहीले विद्यालयमा अध्यायनरत दृष्टिविहिनता भएका विद्यार्थीहरुको लागि खेलकुद सामग्रीको रुपमा विशेष प्रकृतिको चेस बोर्ड तथा गोटीहरु तथा स्टालस समेत प्रदान गरेको थियो ।