add frist

नारी दिवसको अवसर एटलसको निःशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न

बुटवल । एटलस वेलफेयर अर्गनाइजेशन एक दिने निःशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ । ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर एटलसले मंगलबार एक कार्यक्रमको आयोजना गरी एक दिने गाइनो सम्बन्धी निःशुल्क स्वास्थ्य शिबिर कार्यक्रम गरेको हो ।

कञ्चन गाउँपालिका वडा न. ४ मा एक कार्यक्रमका बिच रूद्रपुर स्वास्थ्य चौकीमा एक दिने नि शुल्क स्वास्थ्य शिबिर कार्यक्रम गरेको हो । स्वास्थ्य शिबिर कार्यक्रममा ८० जना महिला लाभान्वित भएको जनाइएको छ । स्वास्थ परिक्षण डा. बिन्दु खरेल , डा. गोविन्द भण्डारी र डा.ज्वाला पहाडी ले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि कञ्चन गाउँपालिका वडा न.४ वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले सामाजिक कार्यमा गाँउपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको बताए ।

कार्यक्रममा पुर्व सांसद बिनोद पहाडी,इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम यादव स्वास्थ्य चौकी इन्चार्ज बिमला पान्डे लगाएतको सहभागी रहेको थियो । कल्पना श्रेष्ठको अध्यक्षतामा,सस्थाका संरक्षक तथा कार्यक्रम संयोजक प्रेमचन श्रेष्ठको स्वागत र सस्थाको कोषाध्यक्ष सपना खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै अगाडि बढ्दै आएको अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु