add frist

सच्चिने मौका दिनुस्, सरकार आलोचना सहन तयार छ : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आलोचना सहन तयार रहेको बताएका छन् । सञ्चारमाध्यम र पत्रकारिता जगतले सत्य(तथ्य उजागर गरेर सरकारलाई सच्चिने मौका दिन उनले आग्रह गरे ।

नेपाल प्रेस युनियन रूपन्देहीले मंगलबार तिलोत्तमामा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै खाँणले नेपाली कांग्रेस जहिले पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए । कांग्रेस नेतृत्वको सरकार र कम्युनिष्टबीच धेरै फरक रहेको उनको भनाइ छ ।

कम्युनिष्टहरूको सरकार हुँदा माइतीघर मण्डलामा विरोध गर्न पाइदैन्थ्यो भन्दै खाँणले अहिले संसद्‌बाट पारित एमसीसीविरुद्धको प्रर्दशनमा सरकारले सुरक्षा दिएको बताए । हरेक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताउदै उनले अधिकार प्रयोग गर्दा अन्य नागरिकको अधिकारमाथि अतिक्रमण नगर्न आग्रह गरे ।

अविकसित देशहरूको गरिबी, बेरोजगारी, दरिद्रता अन्त्य गर्नका लागि अमेरिकी सहायता परियोजना एमसीसी बनेको उनले बताए । यसमा सबै पार्टीका नेताहरू संलग्न भएकाले एमसीसीको विरोधमा कोही पनि नरहेको खाँणको भनाइ छ ।

कार्यक्रममा पत्रकार माधब नेपाल र हरिष ढकाल पुरस्कृत भएका छन् । पत्रकारद्वय नेपाल र ढकाल नेपाल प्रेस युनियन रुपन्देहीद्वारा स्थापित जीपी कोईराला स्मृति पत्रकारिता पुस्कारबाट सम्मानित भएका हुन् ।

खाँणले उनीहरूलाई नगद २५ हजारसहित पुरस्कृत गरेका हुन् । पत्रकार ढकाल जीपी कोइराला स्मृति पत्रकारिता पुस्कार-२०७६ र नेपाल जीपी कोइराला स्मृति पत्रकारिता पुस्कार-२०७७ बाट पुरस्कृत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु