add frist

डीपिएल नेपाल बुटवलको अध्यक्षमा आविस्कार खनाल

बुटवल।डीपिएल नेपाल बुटवल शाखाको अध्यक्षमा आविस्कार खनाल चयन भएका छन् । मंगलबार बुटवलमा सम्पन्न भेलाले खनालको संयोजकत्वमा लुम्बिनी प्रदेश स्तरीय १७ सदस्यीय समिति पुर्नगठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा बिन्दु भुसाल चयन भएका छन् । यस्तै महासचिवमा आयुष पौडेल,उपाध्यक्ष पारस मरासिनी,प्रशिम खनाल,कोषाध्यक्ष बिनोद बस्याल,सहसचिव सन्तोष बन्जाडे सहकोषाध्यक्ष केशव खनाल चयन भएका छन् ।

समितिको सदस्यहरुमा समिक्षा क्षेत्रि,स्वकृती तिवारी,बिनोद पौड्ल,शिशिर पाण्डेय,आशिष के. सि,पुजा कुवर क्षेत्रि, गौरव खनाल, सन्दिप पौडेल चयन भएका छन् ।

यस्तै शाखा सम्पादक संयोजक शालिक भुसाल रहेका छन् । कानुनी सल्लाहकार रचना पौडेल,प्रमुख सल्लाहकार राजिव गौतम,सल्लाहकार अशोक गौतम, कृष्ण भण्डारी , महेश पौडेल चयन भएका छन । सस्थाको प्रेस सल्लाहकारमा आचार्य प्रदिप चएन भएको निवर्तमान अध्यक्ष राजिव खनालले जानकारी दिए ।

सस्थापक अध्यक्ष राजिव खनालको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी डिपिएल नेसनल युथ बोर्डका अध्यक्ष बिनोद उप्रेतीले बोल्दै युवाहरू गोलबद्ध भएर सामाजिक कार्य गर्नुपर्ने बताए । यो सस्थाले समाज रुपान्तरणमा समेत महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए।

कार्यक्रममा राजिव गौतम, नेपाल गण्डकी प्रदेश प्रदेशका अध्यक्ष वसन्त गिरि,डिपिएल चितवनकि अध्यक्ष रुदिना भट्टराई लगायतले शुभकामना व्यक्त
गरका थिए ।

यसैगरी संस्थाले ११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर योगीकुटी प्रहरी विटमा कार्यरत असही बिमला विश्वकर्मा र लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत नर्स स्वकृति तिवारी लाई सम्मानित गरेको थियो ।

कार्यक्रम आयुष पौडेलको स्वागत र रचना पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु