add frist

तिलोत्तमा मिडिया क्लबको अध्यक्षमा बि.पि.गौतम

बुटवल । तिलोत्तमा मिडिया क्लबको अध्यक्षमा पत्रकार बि.पि.गौतम चयन भएका छन् ।

क्लबको शनिबार तिलोत्तमामा सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा टोपराज शर्मा, सचिवमा डी.आर. बन्जाडे, सहसचिवमा कल्पना तिवारी, कोषाध्यक्षमा बिन्दु भट्टराई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भगवति पाण्डे, प्रकाश गौतम, सन्जु पौडेल र सिता काफ्ले चयन भएको निर्वाचन समिति संयोजक दिनेश पाण्डेले जानकारी दिए ।

अधिवेशनको बन्दसत्रले अध्यक्ष लक्ष्मण पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कल्पना तिवारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु