add frist

एक्लै एमालेसँग चुनाव लड्छु भन्ने सोच्नै सक्दैनन् : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताउनु भएको छ ।

अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताउनु भयो ।

‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने रु त्यसैले अब बल्ल हैसियत मिलेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताउनु भयो ।

‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु