add frist

एमालेबाट बुटवलको प्रमुखमा बाबुराम भट्टराई र उप प्रमुखमा सावित्रा अर्याल

बुटवल,बैसाख । नेकपा एमालेले बुटवल उपमहानगरको नगर प्रमुखमा बावुराम भटराईलाई उठाउने निर्णय गरेको छ।

पार्टीको सचिवालय बैठकले पार्टीको पुर्व केन्द्रिय स्वास्थ्य बिभाग सदस्य रहेका भटराईलाई नगर प्रमुख र पार्टी केन्द्रिय सदस्य सावित्रा अर्याललाई उप प्रमुखमा उठाउने निर्णय गरेको हो।

निरन्तर २२ बर्षदेखि नेकपा एमालेले नेतृत्व गरेको बुटवल उपमहानगरको अवको नगरप्रमुख को बन्छ भन्ने जिज्ञासा एमाले कार्यकर्ताहरुको मात्र होईन आम सर्वसाधारणमा थियो। औषधी ब्यवसायी समेत रहेका बाबुराम भट्टराई एमालेका पुराना कार्यकर्ता र बजार क्षेत्रका उद्योगी ब्यवसायीका बिचमा लोकप्रिय छन।

लुम्विनी प्रादेशिक अस्पतालमा कार्यरत रहदा भुमिगत रहेका एमाले एमाले नेता कार्यकर्ताहरुको उपचारमा सक्रिय भटराई भुमिगत कालमा बिरामी परेका कम्युनिष्ट कार्यकर्ताहरुको उपचारमा सम्लग्न रहदै पार्टीमा जोडिएका थिए। पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए ।

लामो समय उनले उद्योग व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य छन्। नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका थिए।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो। त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे। भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए। पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन्। सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन्।

बुटवल उपमहानगरमा अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए। उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए। बिगतको मत परिणामको हिसावले मात्र होईन एमाले प्रति नयां पुस्ताको आकर्षणले पनी बुटवलको बिरासत जोगाउने दावी एमाले नेतृत्वको छ।

बुटवलमा २०७४ सालको निर्वाचन यता १३ हजार भन्दा बढी मतदाता थपिएका छन् । ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमालेका बुटवलका नेता बाबुराम पन्थी बताउँछन्।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी बुटवल उपमहानगर कुनै हालतले पनि एमालेको पोल्टाबाट कसैले फुत्काउन नसक्ने दावी गर्छन। हामीसंग बलियो संगठन छ, जुझारु कार्यकर्ता छन्। नया पुस्तापनि एमाले प्रति आकर्षित छ त्यसैले एमालेले चुनाव हार्छ भन्ने कल्पना गर्न सकिदैन जो सुकै उम्मेदवार भएपनि एमालेले जित्छ केसी भन्छन्। (समयचक्र)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु