add frist

बुटवलमा गठबन्धन प्रति असहमति राख्दै १ सय बढी कांग्रेस कार्यकर्ताले पार्टी छोडे

बुटवल, बैशाख । कार्यकर्ताहरुको भावना बिपरित गठबन्धन गरेर जनप्रतिनिधि अन्य पार्टीलाई बुझाउने तयारी गरेको भन्दै बुटवलका १ सय बढी कांग्रेस कार्यकर्ताले पार्टी छोडेका छन्।

उनिहरुले कांग्रेस नगर सभापतिलाई बुझाएको राजिनामा पत्रमा गठबन्धनका नाममा गरिएको सहमति गलत भएको उल्लेख गरेका छन्। राजिनामा दिनेहरुमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि सहित वडा सभापति, टोल सभापति र सचिव र सहसचिव समेत छन् ।

भागबन्डाको क्रममा सो वडामा एकिकृत नेकपा माओबादीका बिष्णु ढकाललाई वडाअध्यक्ष दिने भएको भन्दै यसको बिरोधमा स्थानिय काग्रेसका सक्रिय पदाधिकारी तथा सदस्य कार्यकर्ताहरुले राजीनामा दिएका हुन ।

वडामा बलियो उम्मेरबार मानिएका नेपाली काग्रेस पार्टीका आनन्द भगत श्रेष्ठलाई पाखा लगाउदै गठबन्धनको नाममा अन्य पार्टीको उम्मेदबारलाई आफुहरुले भोट नहाल्ने उनिहरुको तर्क छ ।

सामुहिक राजिनामा दिनेहरुमा क्षेत्रिय प्रतिनिधि प्रकाश गुरुङ, मनोज श्रेष्ठ, वडा सचिव अमृत खड्का, सहसचिव राजकुमार थापा लगायतका युवाहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु