आदिवासी जनजातिलाई विभेद गरि नेतृत्वमा समेत पछि पारिएको रून्देहीका जनप्रतिनिधिहरूको गुनासो

बुटवल,बैशाख । आदिवासी जनजाति आयोगले नजिकिँदै गरेको स्थानिय तहको निर्वाचन २०७९ को अनुगमनलाई तिब्रता दिएको छ।
अनुगमनका क्रममा शनिबार आदिवासी जनजाति आयोगले रुपन्देहीका आदिवासी जनजाति पत्रकार तथा जनप्रतिनिधिहरूसँग भेटघाट तथा छलफल गरेको छ।
फोनिज रूपन्देहीका अध्यक्ष सोनु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकार को आदिवासी जनजाति आयोग का सदस्य सूर्यबहादुर गुरुङ को प्रमूख आतिथ्यता रहेको थियो। कार्यक्रममा रुपन्देहीका आदिवासी जनजातिको अबस्थाका बारेमा छलफल गरिएको थियो।
छलफलमा अझै पनि आदिवासी जनजातिहरुका समस्या पहिचान र समाधान हुन नसकेको र आदिवासी जनजाति लाई विभेद गरि नेतृत्वमा समेत पछि पारिएको रून्देहीका जनप्रतिनिधि हरूले बताए ।
आदिवासी जनजातिका आर्थिक विकासका लागि सरकारले पूर्ण रुपमा बजेटको बिनियोजन गरि कार्यन्वयनमा ल्याउन सरकारलाई फोनिज रूपन्देहीका अध्यक्ष सोनु थापाले आग्रह गरे । कार्यक्रममा उम्मेदवार मा आदिवासी जनजातिको समावेशीता सम्बन्धि कानुन कार्यान्वयन को अवस्था,सुरक्षाको अवस्था, आदिवासी जनजाति समावेशीता को प्रकृति, निर्वाचन प्रकृयामा राजनितिक दलका प्रतिनिधिमा आदिवासी जनजातिको अवस्थाका बारेमा छलफल गरिएको थियो।
आदिवासी जनजातिहरुका महिलाहरूलाई स्थानिय तहको निर्वाचनमा उमेदवारी नेतृत्वमा समेत पछि पारिएकोले असन्तुष्ट रहेको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य बिमला गुरुङले गुनासो गरिन्। आदिवासी जनजातिहरुका समस्या पहिचान गरि समाधान तर्फ लाग्ने आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ ले बताए ।
स्थानीय तह को निर्वाचनमा स्वच्छ वातावरण सिर्जना गर्ने उद्धेश्यले अनुगमन वैशाख २९ गतेसम्म गरिने आदिवासी जनजातिआयोगका सचिव कृष्ण प्रसाद तिमिल्सिना ले बताए।