add frist

नेपाल आयल निगमको क्षेत्रीय डिपो अन्यत्र सार्नुपर्ने स्थानीयवासीको माग

बुटवल । नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीमा स्थानीयवासीद्वारा नेपाल आयल निगमको क्षेत्रीय डिपो हाल रहेको स्थानबाट अन्यत्र सार्नुपर्ने मागराखी स्थानीयवासीद्वारा आज दिनभर विरोध प्रदर्शन भएको छ ।

स्थानियबासी देवानन्द पान्डेका अनुसार यो डिपो बजार क्षेत्रसँग अत्यन्तै नजिक रहेकोले यसलाई सार्नुपर्ने माग राखेका छन् ०७९ जेठ १३ गतेको दिनमा भएको आगोलागी ले स्थानीयवासी लगायत पुरै तिलोत्तमा नगर क्षेत्र आतंकित भएको कुरा स्थानीयवासी ले बताए ।

बस्तीको बीच भागमा रहेको यो डिपोलाई तुरुन्त सार्नुपर्ने माग राखी विरोध प्रदर्शन भएको हो ।तिलोत्तमा(७ भलवारी स्थायी तथा अस्थायी बसोबास गर्ने र स्थानिय ब्यापार गर्नेको अगुवाईमा आज आयल निगम अगाडी बिरोध गरिएको हो। स्थानीयले आयल निगमको आगाडी तथा साइडमा ट्यांकर पार्किङ्ग नगर्ने, आयल निगमको आफ्नै सुरक्षाको लागि अन द स्पोट दमकल को ब्यबस्था गर्नुपर्ने , र बस्तीको बिचमा रहेको आयल निगम स्थानान्तरण गर्ने माग सहितको प्ले कार्ड सहित बिरोध कार्यक्रम आयोजना गरेको हो ।

मागलाई मध्यनजर नगर्ने बेवास्ता गर्ने गरेमा स्थानिय बासि सबैको संलग्नतामा अझै सशक्त आन्दोलन गर्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु