आशीर्वाद क्लबद्धारा निःशुल्क आँखा तथा रगत समूह परिक्षण कार्यक्रम सम्पन्न

पोखरा,जेठ । आशीर्वाद क्लब अफ नेपालको आयोजनामा निःशुल्क आँखा परिक्षण तथा रगत समूह परिक्षण भएको छ ।
शनिवार पोखरा–१३,आर्वाको रतनपाण्डे मा.बि मा उक्त कार्यक्रम गरीएको हो ।
कार्यक्रममा ४५५ जनाको आँखा परिक्षण गरी १७४ जनामा निःशुल्क चस्मा वितरण गरिएको छ । उक्त कार्यक्रममा आँखाको बिरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
यसै गरी क्लवले ३५३ जनाको निःशुल्क रगत समूह परिक्षण पनि गरेको क्लवका ईन्चार्ज बिक्रम बरालले बताए ।
कार्यक्रममा आँखा परिक्षणको लागी हिमालयन आँखा हस्पिटल पोखरा –१७ ले र रगत समूह परिक्षणमा बिनायक मेडिको फार्म पोखरा –१३ काहँुखोलाले सहयोग गरेको कार्यक्रम संयोजक उज्जल वरालले सत्यदीप सन्देशलाई बताए ।
कार्यक्रमको आर्थिक पाटो भने क्लबको भजन टोलिबाट जुटेको क्लवका संस्कृति विभागका प्रमुख अर्जुन वरालले बताए ।
जनहितका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लवका अध्यक्ष अजय वरालले बताए ।