add frist

रुपन्देहीको सुद्धोधनकि २४ वर्षीया बबिता ५ वर्षीया छोरी सहित २ महिना देखि सम्पर्क विहिन

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिकाकी वबिता सुनार (मुस्कान) २ महीनादेखि सम्पर्क विहिन भएकी छिन् । सुद्धोधन गाउँपालिका वडा नं. ५ सितलपाटी की २४ वर्षीया बबिता सुनार (मुस्कान) चैत १२ गते गतेदेखि ५ वर्षीया छोरी दीपिका सहित सम्पर्क विहिन भएकी हुन् । परासीदेखि घर (सितलपाटी) आउँदैछु भनी हिडेकी बबिता अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनका श्रीमान गणेश सुनारले बताए ।

२०७८ चैत ११ गते परासीदेखि भैरहवा गणेशको जेठो मामाकोमा आईपुगे भनेकी थिइन । भोलि पल्ट बिहान भैरहवाबाट माइजुले छपिया आउने गाडीमा चडाएकि बबिता घरमा आइनन । त्यस पछि अहिलेसम्म परिवारसँग सम्पर्क भएको छैन् ।’–उनका श्रीमान गणेशले भने ।

गणेशका कान्छा मामाको २०७८ चैतको ८ गते हुने विवाहको लागि वबिता १ गते नै परासी गएकी थिइन् । विहेमा भाई सहित गणेश पनि ८ गते परासी गएको र विहे सकिएपछि गणेश भाईलाई लिएर १२ गते घर (सुद्धोधन) फर्किएका थिए ।

संगै घर जानको लागि श्रीमति वबितालाई आफूले आग्रह गर्दा विहे घरमा अझैपनि काम रहेको र काम सकिएपछि फर्किने बताएपछि गणेश १२ गते भाईलाई लिएर घर फर्किए । गणेशका अनुसार श्रीमति वबिता र छोरी दीपिका पनि त्यसै दिन नै परासीबाट हिडेछन् । ‘मैले साँझ ६ बजेतिर घर पुगेपछि फोन गर्दा –हामी भैरहवा ठुलो मामाकोमा आईपुग्यौं, भने ।’
त्यतिवेला फोनमा गणेशले चाडो गरेर घर आउन भन्दा वबिताले आफू भैरहवा भएको र अव घरमा नआउने जस्तो संकेत गरेको बताए । गणेशका अनुसार त्यसपछी वबिताको फोनमा सम्पर्क हुन सकिरहेको छैन ।
विवाहमा आफूले गरगहना लगाउन नपाएको भन्दै वबिताले श्रीमान गणेशसंग गुनासो गरेको र त्यस विषयमा सामान्य मनमुटाव भएको गणेश बताउँछन ।

गणेशले श्रीमति वबिता र छोरी दीपिकालाई जहाँ भएपनि चाँडो सम्पर्कमा आउन आग्रह गरेका छन् । त्यस्तै वबितालाई देख्ने जो कोहीले पनि ९८२५४३९५३३ मा सम्पर्क गरि सहयोग गर्न गणेश आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु