शेयर बजार विषयक तालिम सम्पन्न

देवदह,साउन । देवदह जेसिजको आयोजनामा एक दिने शेयर बजार विषयक तालिम सम्पन्न भएको छ । देवदह जेसिजका अध्यक्ष जेसी राजेन्द्र न्याैपानेकाे अध्यक्षता र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री अव्दुल रज्जाककाे प्रमुखआतिथ्यतामा देवदह ८ पाकडी स्थित फोर एस बि आर होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख प्रशिक्षक सेयर विश्लेषक सुभाष चम्द्र भट्टराईकाे सहजिकरणमा भएकाे तालिममा करिव १५० बढी प्रशिक्षार्थीहरूकाे सहभागीता रहेकाे थियाे । उहाले शेयर बजारको परिचय, प्राथमिक बजार र दोस्रो बजार, कम्पनीको परिचय र प्रकार, शेयर खरिद बिक्री , प्रक्रिया, शेयर बजारका फाइदा तथा जोखिमका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
तालिममा शेयर बजार सम्बन्धी अधारभुत ज्ञानबारे सहभागीहरुलाई जानकारी गराई हावाको भरमा शेयर भर्नेहरू र अध्ययन विनाको लगानीहरूमा रोकी तालिमले आर्थिक विकासमा टेवा पुराउन सहयोग गर्ने कार्यक्रम संयाेजक संस्थाका कार्यकारिणी उपाध्यक्ष जेसी धर्मराज चापाईले बताउनु भयाे । यसरी सेयर बजारमा लगानी गर्दा बुझेर मात्र लगानी गर्नुपर्ने समेत उहाले बताउनुभयाे । संस्थाका महासचिव दुर्गा दाहालकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।