add frist

कल सेन्टरमा प्रहरीको छापा :अश्लील मेसेज पठाइ ठगि गर्ने गिरोह पक्राउ

बुटवल । प्रहरीले रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा छापा मारेको छ । सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको प्रहरीले जनाएको छ ।

तिलाेत्तमा नगरपालिकाकाे वडा नं २ जानकीनगरमा चार तले घरमा तीन वटा फ्ल्याट भाडामा लिई सञ्चालनमा रहेको ब्ल्यू स्काइ बिजनेस सोल्युशन प्रालिमा बुटवल प्रहरीले छापा मारेको हो। त्यसक्रममा २०६ भन्दा बढी युवा-युवती नियन्त्रणमा लिएको छ। तीन सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे।

एक जना भारतीय एक जना चाइनिज नागरिक समेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

कार्यालय सञ्चालक भारतीय नागरिकको घर तथा कोठा खानतलासी हुँदैछ। त्यसपछि थप विवरण प्राप्त हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु