रुपन्देहीमा पाँचजनाले ल्याए जीपीए फाेर,अक्सफाेर्ड,हाेराइजन र कालिका उत्कृष्ट

बुटवल,साउन । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले जिपीए फोर ल्याएका छन् ।
जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । अक्सफोर्ड माबिका २,होराइजनमाबिका २ जना र कालिका मानवज्ञानबाट १ जनाले जीपीए फोर ल्याएका हुन् ।
अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए फोर ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट बिमर्श ज्ञवाली र स्प्रीया ढकालले जीपीए फोर प्राप्त गरेका हुन् । भने बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट १ जना जनाले जीपीए फोर प्राप्त गरेका छन् । कालिकाका छात्र विवेक न्यौपानेले ४.० जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ ।