वृहत सरसफाई कार्यक्रम सम्पन्न

बुटवल,साउन । आफ्नो घर आँगन र चौर आफैसफा गरौं वातावरण संरक्षण गरौं र सुन्दर बुटवल बनाऔं भन्ने नाराका साथ शनिबार बुटवल उपमहानगरपालिका वडा नं ७ मा रहेको शिद्धेश्वरी लालकुमारी माविको चौर देखि सडकका नाली सम्म वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । शिद्धेश्वरी लालकुमारी माविको मैदानमा भएको खुलाव्यायाम सालामा झाडी सफा गरि सुन्दर र व्यवस्थित मैदान बनाउने उद्देश्यले सरसफाई कार्यक्रम गरिएको हो । शिद्धेश्वरी टोल विकास संस्थाको आयोजनामा गरिएको कार्यक्रममा टोलविकास सस्थाका पदाधिकारी, व्यापार सङ्घका पदाधिकारी लगाएत ९० जना स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ७ को मुख्य सडकको दायाँबायाँ रहेका नालीको फोहोर सङ्कलन गरी नगरपालिकाको ट्याक्टरमा फोहोर उठाईएको थियो । कार्यक्रममा फोहोरलाई व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडकपेटीमा जलाउन नहुने भन्दै छड,इटा , प्लाष्टिक जस्ता सामाग्री सडक तथा नालिमा फाल्न रोक लगाउने र वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई बुटवल उपमहानगरपालिकाको नियमअनुसार कारबाही गरिने बताउदै गहनाका रुपमा रहेको शिद्धेश्वरी लालकुमारी माविको मैदानमा झाडी बढेकाले सरसफाई अभियान गरिएको शिद्धेश्वर टोल विकास संस्थाका अध्यक्ष कौशल भण्डारीले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत शिद्धेश्वरीलालकुमारी मैदानमा रहेको खुला व्यायाम शाला मा वरीपरिका झाडी मेसिन प्रयोग गिर सरसफाई गरिएको थियो। टोल विकासले दायित्व वहन गरेको सरसफाई कार्यक्रममा सहभागी भएर योजनावद्ध रुपमा आफ्नो टोल आफै स्वच्छ र सुन्दर बनाउन लागि परेको बताउदै चेतना जगाउने उद्देश्यले सरसफाई कार्यक्रम संचालन गरिएको उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष गोविन्द प्रसाद गैरेले बताउनुभयो ।
खुला व्यामशालामा व्यायाम गर्न आउनेहरुका लागि सहज र सुरक्षित गर्नका लागि सरसफाई गरिएको थियो । उक्त अवसरमा उपस्थित सम्पूर्णलाई वडा कार्यालय ७ का सचिब राजु लामिछानेले धन्यवाद व्यक्त गर्दै नमूना वडा बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो।शिद्धेश्वर टोल विकास संस्था वडा न ७ का उपाध्यक्ष निलम पाण्डेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।