अहिलेको गठबन्धन संसदिय प्रणालीको मूल्य र मान्यतामा आधारित छैन : एमाले उपाध्यक्ष नेम्वाङ

बिहीबार । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अहिलेको ५ दलिय गठबन्धन संविधान र कानुन बमोजिम संसदीय प्रणालीको मूल्य र मान्यतामा आधारित नभएको बताउनुभएको छ । बिहिबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिले को गठबन्धन संसदिय प्रणालीको मूल्य र मान्यता अनुसार हुनुपर्छ तर सो मूल्य र मान्यताअनुसार गठबन्धन छैन उहाँले भन्नुभयो ।
उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष नेम्वाङले कार्यक्रममा बोल्दै मिश्रित निर्वाचन प्रणाली अनुसार देशमा एकल बहुमत आउन अप्ठ्यारो छ । त्यसकारणले गठबन्धन वा तालमेल हुन्छ, यसमा कुनै विवाद छैन । तर राम्रो गठबन्धन हुन संसदिय प्रणालीको मूल्य र मान्यताअनुसार लाई मेली गर्नुपर्छ उहाँले भन्नुभयो ।
देशमा अहिले दूषित गठबन्धन भएको उहाँले बताउनुभयो । दूषित गठबन्धन रहन नहुने बताउँदै यदि दूषित गठबन्धन रहिरहे मूलुकमा राजनैतिक अस्थिरता रहिरहने र मूलुकले कुनै निकास नपाउने हुँदा दूषित गठबन्धन सरकार राष्ट्रका हितमा नहुने उहाँले बताउनुभयो ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमाले उत्साहित भएको उहाँले बताउनुभयो । शसक्त ढङ्ग र दृढतापूर्वक जनताका विचमा सहभागी हुने उहाँले बताउनुभयो । आगामी निर्वाचनमा जनताको आशिर्वाद र साथ मिल्ने पूर्ण रुपमा विश्वास व्यक्त गर्नुभयो ।