add frist

जनताको जीवनको अवस्था बदल्न एमालेले मात्रै सक्छः पौडेल

बुटवल,भदौ । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्वअर्थमन्त्री विष्णु पौडेलले अब जनताको अवस्था बदल्ने बेला आएको बताएका छन् । देशमा व्यवस्था बदलिए संगै अबको योजना भनेकै जनताको अवस्था बदल्ने भएको उनको भनाई छ ।

प्रोग्रेसिभ ईन्जिनियर्स एशोसिएन (पिन) लुम्बिनी प्रदेशको दोस्रो अधिबेशनको शनिबार बुटवगलमा उदघाटन गर्दै पौडेलले जनताको जीवनको अवस्था बदल्न एमालेले सामथ्र्य राख्ने बताए । संविधान प्रदत्तका अधिकारहरुको उपभोग गर्ने आधारहरु तयार नभए कागजमा मात्र सीमित हुने भएकाले जनताले घरघरमा बसेर उपयोग भोग्ने परिस्थितिको सिर्जना एमालेले गर्ने उनको भनाई छ ।

उपाध्यक्ष पौडेलले राज्यको ठुलो लगानीका मेगा प्रोजेक्ट लुम्बिनी प्रदेशमा ल्याउन सक्ने राजनीतिक नेतृत्व भएकाले त्यस्ता प्रोजेक्टहरुको गुणस्तर, समयमै काम सम्पन्न गर्न र सम्झौता भएकै लागतमा निर्माण सम्पन्न हुने परिस्थिति सिर्जनामा ईन्जिनियरहरुले भूमिका खेल्नुपर्ने बताए । अहिले धेरै निर्माणका आयोजनाहरु समयमा सम्पन्न नहुँदा आलोचना खेप्ने परेको बताउंदै ईन्जिनियरहरुको सक्रियताले पनि काम छिटो सम्पन्न हुने उनको भनाई छ ।

नेकपा एमालेका लुम्बिनी प्रदेश सह ईन्चार्ज लिला गिरीले ईन्जिनियरले राम्रोसँग काम गरे देश पछाडि नधकेलिने र त्यसका लागि ईन्जिनियर चनाखो बन्नुपर्ने बताए ।

प्रोग्रेसिभ ईन्जिनियर्स एशोसिएन (पिन) का केन्द्रीय उपाध्यक्ष दुजेन्द्र बस्नेतले लोकसेवा आयोगबाट छैठौ तहमा ईन्जिनियर दरबन्दी माग गरिने भएकाले त्यसलाई सातौ तहमा पनि माग गर्नुपर्ने बताए ।

कार्यक्रममा पिनका केन्द्रीय सदस्य एवं सचिवालय सदस्य बलराम पौडेल, नारायण अर्याल, पिनका प्रदेश ईन्चार्ज प्रकाश जि।सी, पुनःनिर्माण प्राधिकरणका पुर्व प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, पिनका प्रदेश अध्यक्ष जीवन अर्याल, सचिवालय सदस्य छविन्द्र भट्टराई, सचिव दिपक भट्टराई, कोषाध्यक्ष सचिन थापालगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु