प्रदेशको महिला तथा वालवालिका मन्त्रालयको भौतिक परिक्षण

बुटवल, असोज । लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको भौतिक परिक्षण गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा सम्बन्धीत सरोकारवाला मन्त्रालय समेत रहेको मन्त्रालयको अपाङ्गता भएका व्याक्तिहरुको सहज पहुँच, भौतिक अवस्था, पहुँच सहितका विषयमा भौतिक परिक्षण गरिएको हो ।
विभिन्न प्रकृतिका अपाङ्गता भएका व्याक्तिहरुले सहज रुपमा सेवा पाउनबाट के कस्तोरुपमा अवरोध भएको छ भन्ने विषयमा भौतिक परिक्षण गरिएको राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश जनवकालत संयोजक सरोजा भण्डारीले जानकारी दिईन । उनका अनुसार कार्यालयमा सहज रुपमा प्रवेशको लागि ¥यामको सुविधा, सौचालय, सूचना बोर्ड, कार्यालयमा सहज पहुँच लगायतको विषयमा परिक्षण गरिएको हो ।
लमही नगरपालिकाका सव ईन्जीनियर रजना पोख्रेल र विमला भट्राराईले राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता अनुसार कार्यालय भवन, सेवा प्रवाहको अवस्थाको विषयमा भौतिक परिक्षण गरेका थिए ।
मुख्य सडक देखि मन्त्री, कार्यालयका प्रमुख सचिव सहितको अन्य बैठक कोठा लगायतका नापजाँच गरिएको हो । जस अनुसार कार्यालयको नागरिक वडा पत्र नै नभएको, सेवा प्रवाह गर्न आउने सेवा ग्राहीहरुलका लागि सूचना पार्टी नभएको, सौचालय अपाङ्गता मैत्री भएपनि सोही अनुसारको ह्वीलचियर जान सक्ने गरी निर्माण नगरिएको पाइएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थीले जानकारी दिए । भौतिक परिक्षण कार्यक्रममा सहभागी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य पिताम्बर लम्सालले सेवा प्रवाहका लागि बहिरापना भएका व्याक्तिहरुलाई दोभाषेको व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका उप सचिव तथा प्रशासन महाशाखा प्रमुख डिल्लीराज बेल्बासेले मन्त्रालयको आफ्नै भवन नभएको कारण कर्मचारी समेत व्यवस्थापन गर्न नसकीएको बताउँदै सेवा प्रवाहलाई के कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा अधिकतम प्रयास गर्ने बताएका थिए । उनले अपाङ्गता भएका समुदायको काम गर्ने भनेर नै स्थापना भएको मन्त्रालयले सो समुदायको लागि निरन्तर पहल गर्ने समेत प्रतिवद्धता जनाएका थिए । भौतिक परिक्षण कार्यक्रममा दृष्टिीविहिन सेतो छडी प्रयोगकर्ता, शाररिक अपाङ्गता, बहिरा, अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्याक्तिहरु सहित अन्य को सहभागीता रहेको थियो । मन्त्रालयको तर्फबाट स्टोर शाखा प्रमुख कृष्ण पौडेल, समाजिक शाखा अधिकृत भगवती भट्राई लगायतको सहभागीता रहेको राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश जनवकालत संयोजक सरोजा भण्डारीले जानकारी दिईन ।