क्षेत्र नं २(१)को शिद्धेश्वरी लालकुमारी मा.वि. को केन्द्रमा ६७ % मत खस्यो

बुटवल । क्षेत्र नं २(१)को शिद्धेश्वरी लालकुमारी मा.वि. को केन्द्रमा सरदर ६७ % मत खसेको छ । मङ्सिर ४ मा भएको आमनिर्वाचन मा बिहान ७ बजे देखि ५ बजेसम्म मतदाताहरु मतदान केन्द्रमा गई मतदान गर्ने क्रम जारी रहेको थियो । तर यसपालीको आमचुनाबमा भने मतदाताहरुको सङ्यामा कमि आएको छ। मतदाताहरुको उत्साहजनक सङ्ख्यामा सहभागिता देखिएन।पुरुष प्राय बैदेशिक रोजगारमा गएका र युवाहरुमा राजनितिक दलका सधैं उही झुटा आश्वासनले तिक्तता छाएका कारणले मतदाताहरुको सङ्यामा कमि आएको मतदान गर्न आएका मतदाताहरुले बताएका थिए। रुपन्देही क्षेत्र नं २(१) को शिद्धेश्वरी लालकुमारी मा वि को मतदान केन्द्रमा जम्मा ४३९१ मत खसेको छ। यो क्षेत्रमा कुल मतदाता सङ्ख्या ६६८१ रहेको छ । अपाङ्ग मैत्री यो केन्द्रमा अपाङ्ग मतदाताहरुलाई मतदान गर्न को लागि बोकेर लगि मतदान गराईएको थियो। अपाङ्ग मैत्री केन्द्रको नाममा रहेको यो केन्द्रमा अपाङ्गहरुका सुविधाका लागि भने कुनै पनि ह्विलचियर समेत थिएन।
यो केन्द्रमा प्रदान गर्न वृद्धहरुको समेत सहभागिता रहेको थियो। कतिपय वृद्धहरुको मतदाता नामावलीमा नाम भएपनि मतदान गर्न पाउने प्रमाण पत्र नहुदाँ मतदान गर्न पाएनन्। वृद्धहरुको चाहनाअनुरूप मतदान गर्न नपाउँदा वृद्धमतदाताहरु निराशाजनक परिस्थितिमा घर फर्कनु पर्यो। विहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदान शान्ति र व्यवस्थित रुपमा सम्पन्न भएको मतदान अधिकृत मोतिलाल सुवेदीले बताए ।
यो केन्द्र क देखि छ सम्म गरि जम्मा ७ वटा बुथ राखिएको थियो । त्यसै गरी केन्द क मा जम्मा५९९ मत खसेको थियो जसमध्ये पुरुष मतदान सङ्ख्या ३३१ र महिला मतदान सङ्ख्या २६८ रहेको थियो। त्यसै गरी केन्द्र ख मा जम्मा ६६६ मतमा पुरुष मतदान ३३२ र महिला मतदान सङ्ख्या ३३४ रहेको थियो। त्यसै गरी केन्द्र ग मा ६४९ मत खसेको मा महिला ३२५ , पुरुष ३२३ र अन्य १ रहेको थियो। त्यसै गरी केन्द्र घ मा जम्मा ६२६ मत खसेको मा महिला ३५६ र पुरुष मतदान सङ्ख्या २७० रहेको थियो। त्यसै गरी केन्द्र ङ मा जम्मा ६५२ मत खसेको थियो जसमध्ये पुरुष २८७ र महिला ३६५ मतदान सङ्ख्या रहेको थियो। त्यसै गरी केन्द्र च मा जम्मा ५७८ मत खसेको थियो जसमध्ये पुरुष २६४ र महिलाको मतदान सङ्ख्या ३१४ रहेको थियो। त्यसै गरी केन्द्र छ मा जम्मा ६२१ मत खसेको थियो जसमध्ये पुरुष २२४ र महिला मतदान सङ्ख्या ३९७ रहेको थियो।