add frist

३४ हजार १६२ मतान्तरसहित चितवन २ बाट रवि लामिछाने विजयी

चितवन,मंसिर । प्रतिनिधिसभामा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-८ मा बिराजभक्त श्रेष्ठ ,काठमाडौं-७ मा गणेश पराजुली विजयी, काठमाडौं- २ मा सोविता गौतम,काठमाडौं-६ मा शिशिर खनाल र ललितपुर -३ मा तोसिमा कार्की विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु