add frist

प्रचण्ड/ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा/आधा कार्यकाल सरकार चलाउने सहमति गरेका छन्।

पहिलो अढाई वर्ष प्रचण्ड र दोस्रो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति उनीहरूबीच भएको हो ।

सात दलको उपस्थितिमा दुई दलका अध्यक्षले कार्यकालबारे भद्र सहमति गरेका हुन् । उनीहरूले लिखित रूपमा भने सहमति गरेका छैनन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले पहिलो कार्यकाल आफूलाई दिन बारम्बार आग्रह गर्दै आएका थिए । देउवाले अस्वीकार गरेपछि उनी आइतबार दिउँसो बालकोट पुगेर ओलीसँग सहमति गरेका हुन् ।

आइतबार बालुवाटारको बैठक सकारात्मक नभएपछि प्रचण्ड गठबन्धनको औचित्य समाप्त भएको भन्दै बाहिरिएका थिए ।

यसैबीच ७ दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका छ्न् । साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन् ।

प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले समर्थन गरेका हुन् ।

यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन् । सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु