add frist

अति बिपन्न विद्यार्थी हरुलाई जुत्ता मोजा र टोपी वितरण

सोमबार शिद्धेश्वर लालकुमारी माविका अति बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरूलाई जुत्ता मोजा र टोपी बितरण गरिएको छ ।सोमबार बुटवल उपमहानगरपालिका वडा नं ७ ले शिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालय दीपनगरको प्रावि ,निमावि र मावि तहमा अध्ययनरत अति विपन्न वर्गका ५२ जना बिद्यार्थीहरूलाई जुत्ता मोजा र टोपी वितरण गरेको हो । टोपी, जुत्तामोजा किन्न समेत धौ धौ भएका अति बिपन्न परिवारबाट विद्यालय आउने गरेका जेहेन्दार विद्यार्थीलाई सामग्री वितरण गरि सहयोग गरिएको कार्यक्रम संयोजक भागवत घिमिरेले जानकारी दिनुभयो । । कार्यक्रममा वडा अध्यक्ष,वडा सदस्य तथा कर्मचारी लगायतले संयुक्त रुपमा बिद्यालयका प्रधानाध्यापक दिनानाथ गिरीलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो। वडा अध्यक्ष पदम गाहाको नेतृत्वमा सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै यो जाडोमा खालीखुट्टा भएका तथा फाटेका जुत्ता लगाउन वाद्य विद्यार्थीहरुलाई न्यानो बनाउने उद्देश्यले जुत्ता मोजा र टोपी बितरण गरिएको बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम गाहाले बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थीहरुलाई धेरै सहयोगी दाताहरु सँगै‌ वडाले न्यानो पोसाक, जुत्ता,मोजा ,टोपी वितरण गरिने जानकारी दिनुभयो। यसैगरी उहाँले वडाको हरेक सामाजिक, शैक्षिक तथा आर्थिक विकासमा‌ वडाबासीसँगै हातेमालो गरि निरन्तर अघि बढिरहने प्रतिबद्धता जनाउनुभयो। जनताका सुरक्षा तथा सहजताका लागि वडा नं ७ को टोलका चोक, भित्री सडक , र जङ्गल एरिया लगाएतका ठाउँमा फक्सलाईट जडान गरिएको जानकारी दिनुभयो।कार्यक्रममा सामाजिक उत्तरदायित्व र अभिभावकत्व बहन गरि जेहेन्दार तथा अतिविपन्न विद्यार्थी हरुलाई सहयोगी भावना जागृत गरेकोमा वडाप्रति आभार प्रकट गर्दै जुत्ता , टोपी र मोजा बितरण गरेकोमा बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा कार्यालय परिवारलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले‌ धन्यवाद व्यक्त गर्नुभयो। आगामी दिनमा पनि चिसोबाट मुक्त गराउन‌ वडा लगायत धेरै सहयोगी दाताहरुबाट विद्यार्थीहरुलाई ‌न्यान्यो कपडा लगाएतका सामग्री वितरण गरिने उहाँले बताउनुभयो।कार्यक्रममा कार्यपालिका सदस्य राधादेवी पौडेल, सुनिता खड्लुङ, वडा सदस्य विर बहादुर लामा, वडा सदस्य सन्दिप खनाल, तुलसी विश्वकर्मा, सिद्धेश्वर लाल कुमारी माविका प्रधानाध्यापक दिनानाथ गिरी, विद्यालय ब्यवस्थापन समितिका सागर प्रसाद न्यौपाने, कृष्ण प्रसाद ज्ञवाली, राजेन्द्र रिजाल, थानेश्वर बस्याल, होम मल्ल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु