add frist

पोखरामा यती एयरको विमान दुर्घटनाग्रस्त, ठुलो मानवीय क्षति

१५ नयाँ गाउँ सेतीको खोंचमा यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको विमान क्याप्टेन कमल केसीले उडाएका थिए ।

विमानबाट कम्तिमा ३० शव निकालिएको छ भने आगो निभाउने प्रयास गरिदैँ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो ।

जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु