add frist

अमरज्योति विद्यालयको ४७ औ वार्षिकोत्सव सम्पन्न

पोखरा–१३, आर्वामा रहेको अमरज्योति आधारभूत विद्यालयले ४७ औ वार्षिकउत्सव एवं अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम राज बरालको सभापतित्वमा भएको उक्त कार्यक्रममा वोल्दै प्रमुख अतिथि कृषि, उर्जा तथा जलश्रोत मन्त्री वेद बहादुर गुरुङ श्यामले पोखरा–१३ मा अवस्थित सरकारी विद्यालयहरुको स्तरोन्नतिका लागि विशेष जोड दिने बाचा गर्नुभयो । सरकारीे विद्यालयको गुणस्तर लाई बढाउन आफुबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्दै अमरज्योति आधारभूत विद्यालयलाई ४७ औँ वार्षिकोत्सव को उपलक्ष्य मा शुभकामना व्यक्त गर्दै भविष्यमा विद्यालयले स्वर्ण जयन्ती सम्म पनि भव्यताका साथ सन्चालन गर्न सकोस भन्ने शुभेच्छा प्रदान गर्नुभयो । साथै स्कुललाई आफ्नो क्षमताले भ्याए सम्म जिवनभर सहयोग गरिरहने प्रतिबद्धता जाएर गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्र.अ बिमल बहादुर बरालले प्र.अको प्रतिवेदन प्रस्तुत गर्दै विविध शैक्षिक, आर्थिक र भौतिक गतिविधीको बारेमा भावि योजना सहित जानकारी गराउनुभएको थियो । वि.व्य.स.का अध्यक्ष पदम राज बरालले विद्यालय व्यवस्थापनका विषयमा आफ्ना विचार राख्दै विद्यमान समस्याहरु र अवरोधहरुलाई समाधान गर्न र निस्तेज पार्न सम्पूर्णमा सहयोगका लागि आह्वान गर्नुभयो ।

कार्यक्रममा पुर्व जिविस उपसभापति तथा नेकपा समाजवादीका पोलिव्यूरो सदस्य श्रीनाथ बराल , मादि गापा वडा नं–६ का निर्वतमान वडा अध्यक्ष पस बहादुर बास्तोला ,आशिर्वाद क्लबका इन्चार्ज विक्रम बराल,पोखरा–१३ मा अवस्थित सरकारी विद्यालय रतन पाण्डे मा.बि. , आर्वा बिजय मा.बि तथा सिमला प्रा.बि.सिद्धार्थ आधारभूत विद्यालयलको प्रतिनिधित्व गर्दै विद्यालयका प्रधानध्यापकहरुको विशेष उपस्थिति रहनुका साथ विभिन्न टोल बिकाश संस्था ,आमा समूह,समाजसेवि,लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु