शनिबार तेश्रो जिल्लास्तरीय रोटरी व्याडमिन्टन प्रतियोगिता हुने

यही माघ २१ गते शनिबार तेश्रो जिल्लास्तरीय रोटरी व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ बुटवल र रोटरी क्लवअफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा सो व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । शुक्रबार प्रतियोगिताका आयोजकले पत्रकार सम्मेलन गरि व्याडमिन्टन प्रतियोगिताबारे जानकारी दिएका हुन्। प्रतियोगितामा २७ टिम मध्ये मेन्स डबल्सतर्फ १८ टिम र भेट्रान्स तर्फ ९ टिम रहेकाे जानकारी दिए । प्रतियोगितामा ४ लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता तिलोत्तमा व्याडमिन्टन क्लब नयामिलमा हुने जनाइएको छ ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडको समुद्घाटनमा हुने प्रतियोगितामा ४५ देखि मुनि को ओपन ४५ वर्ष माथिको भेट्रान्स गरि दुई समूहमा प्रतियोगिता हुने आयोजकले जानकारी दिए। खेलकूदप्रेमीहरुको आकांक्षालाई मध्यनजर गर्दै खेल क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लब अफ बुटवल २०२२/०२३का अध्यक्ष रोटरियन बोनिन पियाले जानकारी दिए। व्याडमिन्टन प्रतियोगितामा सहभागी हुने रोटरियन प्रतियोगिहरुले अनुशासनमा बसी नियम पालना गर्नुपर्ने रोटरी क्लब अफ बुटवल डाउन टाउन २०२२/०२३का अध्यक्ष रोटरियन भरत बहादुर रानाले जानकारी दिए ।
प्रतियोगितामा विजेता हुनेले मेन्स डबल्सतर्फ प्रथम हुनेले नगद रु. २०,००० , प्रमाणपत्र र मेडल र ट्रफी प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद रु १५,००० , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने तेस्रो हुनेले नगद रु.१०,००० , प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। त्यस्तै भेट्रान्स तर्फ प्रथम हुनेले नगद रु. १५,०००, प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछन् । दोस्रो हुनेले नगद रु. १०,००० प्रमाणपत्र,मेडल प्राप्त गर्नेछन् भने तेस्रो हुनेले नगद रु.६,००० प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।