add frist

प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा रक्तदान

"२५ युनिट रगत संकलन"

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ ।

स्थापना दिवसको अवसर पारेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए । उनले रक्तदान जस्तो पवित्र र मानवीय कार्यमा अरुलाई पनि उत्प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले रक्तदान जस्तो मानवीय कार्यलाई प्रेस चौतारीले बिगतका वर्षदेखि नै निरन्तरता दिंदै आएको बताए ।

चौतारीको २५ औं स्थापना दिवसमा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनदेखि पत्रकारहरुले उत्साहजनक रुपमा रक्तदानमा सहभागिता जनाएको कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । स्थापना दिवसकै अवसरमा चौतारीले शनिबार तिलोत्तमामा चौतारी मिलन कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु