बुटवल उपमहानगरले दियो मगर दिवसमा स्थानीय बिदा

बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा उपमहानगर अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरुलाई स्थानीय बिदा दिएको छ। भोलि ४१ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा उपमहानगरले स्थानीय बिदा दिएको हो ।
मगर संघ लगायतका संस्थाहरुले मगर उएकता दिवसका अवसरमा विदा माग गर्दै उपमहानगरमा निवेदन दिएपछि उपमहानगरले विदा दिने निर्णय गरेको हो ।
उपमहानगर प्रमुख खेलराज पाण्डेले आज बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन।