add frist

‘एमआरआर’ का सदस्य नेपाल र यूएईको खेल हेर्न नौमती बाजा सहित किर्तिपुर आउने

सामाजिक कार्यमा सक्रिय फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)का सदस्यहरु नेपाल र यूएईबिच बिहिबार हुने अन्तिम क्रिकेट खेल हेर्न नेपालि नौमती बाजा सहित काठमाडौं आउने तयारी गरेका छन् । काठमान्डौ उपत्यका लगायत उपत्यका बाहिरबाट सयौको सङ्ख्यामा बस रिजर्भ गरेर काठमाडौं आउने तयारी गरेका हुन ।

सो समूहका सदस्यहरुले दिएको जानकारी अनुसार नेपाल क्रिकेटले पाएको सफलता खुसि,अन्तिम खेलमा टिमलाइ हौसला दिन,खेलाडी र ब्यवस्थापनले खेलेको भुमिका,समर्थकहरुले दिनुभएको साथ सहयोग र सिरिजको अन्तिम खेलमा पाहुना टोलिको इज्जत र सम्मानको लागि बाजासहित मैदानमा आउने तयारि तिब्र वनाएका हुन । सो समूहका सदस्यहरुले नेपाली मौलिकता बोकेको बाजा सहित मैदानमा नेपाली क्रिकेट टीमलाई हौसला दिन आउन लागेका हुन् ।

उनीहरु नेपालको झण्डा र एमआरआर ब्यानर सहित मैदानमा आउने तयारी गरिरेहका छन् । बिश्वकप क्रिकेट डिभिजन लिग २ अन्तरगतको चैत २ मा किर्तिपुर मैदानमा हुने यो खेल नेपाललाइ जित्नै पर्ने दबाद छ । यो खेल नेपालले जिते अर्को बर्ष जिम्बाबे मा हुने एकदिबसिय बिश्वकप ग्लोबल छनोटमा सिधै आफ्नो स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु