add frist

तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने

बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदीभिड्ने भएका छन।
बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमामनाङ मर्स्याङदीले ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लवलाई लाई पराजित गरेको हो

। निर्धारित ९० मिनेटको खेलमा २-२ को बराबरीमा खेल टुंगिएपछी खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

यो संगै पन्ध्रौ सस्करणको बिजेता समेत रहेको फ्रेन्ड्स क्लव सेमिफाइनल बाट नै बाहिरिएको हो।पेनाल्टी सुटआउटमा फ्रेण्ड्सका रुपेश केसी र डोना थापाले गोल गर्न नसक्दा क्लव बाहिरिएको हो ।

मनाङ मर्स्याङदी जियनाथ सेख,अजित गुरुङ,विसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेण्ड्स क्लवका अमित तामङ,विदेशिखेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए।

निर्धारित समयमा फ्रेण्डस क्लवका तर्फबाट २५ नम्बर जर्शिका बिदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए। यस्तै खेलको २६ मिनेटमा २० नम्बर जर्शिका उत्तम राईले गोल गरेका थिए। पहिलो हापको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन जर्शी नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै २-१ को अवस्थामा पुर्‍याएका थिए।

दोस्रो हापको २ मिनेटमा नै मनाङ मर्स्याङदीका २१ नम्बर जर्शिका प्रशन्न श्रेष्ठले गोल गर्दै २-२को अवस्थामा पुर्‍याएका थिए।
मनाङ मर्स्याङदी क्लवले नेपाल पुलिस क्लवलाइ २-१ गोलअन्तरले पराजित गर्दै मर्स्याङदी क्लव अन्तिम चारमा स्थान बनाएको थियो। क्वाटरफाईनलको खेलमा मनाङ मर्स्याङ्दीका लागि जर्शी नम्बर २१ का प्रशन्न श्रेष्ठ र जर्शी नम्बर १५ का चेतन कुमार थारुले एक एक गोल गरेका थिए नेपाल पुलिस क्लवका जर्शी नम्बर ९ का बुद्ध बल तामाङले एक गोल फर्काएका थिए।

खेलमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङ म्यान अफ द म्याच भई ११ हजार १ सय ११ रकम सहित यति हेल्मेट र करेन्ट चाउचाउ प्राप्त गरे ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।

फाईनल खेल चैत ११ गते शनिबार हुनेछ। बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु