एटलसको ८ औं स्थापना दिवसको अवसरमा रक्तदान

बुटवल । एटलस वेलफेयर अर्गनाइजेशनको ८ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।
स्थापना दिवसको अवसर पारेर रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको संगठनका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । उहाले रक्तदान जस्तो पवित्र र मानवीय कार्यमा अरुलाई पनि उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै एटलस वेलफेयर अर्गनाइजेशनका संरक्षक प्रेमचन श्रेष्ठले मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ मानवीय कार्यलाई एटलसले बिगतका वर्षदेखि नै निरन्तरता दिंदै आएको बताउनुभयो ।
एटलसको ८ औं स्थापना दिवसमा उत्साहजनक रुपमा रक्तदानमा सहभागिता जनाएको कार्यक्रम संयोजक लक्ष्मण बहादुर कुवरले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले रक्तदानको महत्वमाथि प्रकाश पार्नुभयो ।