आधुनिक प्रविधि र गुणस्तरले आयुर्वेद चिकित्साको महत्व अझ बढने

रुपन्देही,साउन । आधुनिक प्रविधिसँगै गुणस्तरमा जोड दिन सकेमा आयुर्वेद चिकित्साको महत्व अझै बढेर जाने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ रुपन्देहीले साउन २१ गते बुटवलम आयोजना गरेको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनमा सहभागी सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् । नेपालमा आयुर्वेदिक चिकित्सा आर्थिक समृद्धिको सम्भावना रहेको भए पनि आयुर्वेद चिकित्सालाई राज्यले पवद्र्धन गर्न नसक्दा संविधानले गरेको व्यवस्था समेत कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आयुर्वेदिक औषधीको महत्व, आवश्यकता र प्रभावकारिताका विषयमा कोभिडको संक्रमण बढेसँगै बढी लाभदायक भएको सन्देश जनमानसमा पुगेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेले आयुर्वेद क्षेत्रमा धेरै जनगुनासाहरु आएको भएपनि यसमा प्रचुरमात्रामा संभावना रहेकोले यसको उत्पादनमा आधुनिकरण गर्दे गुणस्तरीयतालाई व्यवस्थापन गर्दे लैजान सके यसक्षेत्रले अझ बढी फड्को मार्ने बताउदै यसको प्रवद्र्धनका लागि प्रदेश सरकार, औषधी व्यवसायी संघहरुसँग समन्वय गरी अगाडी बढन बुटवल उपमहानगरपालिकाका तयार भएको बताउनुभयो ।
प्रदेश सरकारसँग समन्वय गरेर औषधी उत्पादन गर्ने, सामुदायिक बनहरुसँग समन्वय गरी एक सामुदायिक वन एक जढिबुटी उत्पादन केन्द्रका रुपमा विकास गर्दे लैजाने नगर प्रमुख पाण्डले बताउनुभयो ।
कार्यक्रममा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष डा.दिपक कुमार (डा.डि.के धिताल) धितालले विश्वको सबैभन्दा पुरानो ऋषिमुनीबाट सुरु गरिएको उपचारविधि आयुर्वेद चिकित्सा विधि भएको बताउदै ब्यवसायिक हकहितका लक्ष्य र उदेश्यका साथ एकत्रित हुँदैे आर्युवेदिक पेशालाई मर्यादित र गुणस्तरीय बनाउदै अगाडी बढिरहेको बताउनुभयो ।
डा.धितालले तत्कालिन समयमा पनि ८ भागमा विशेषज्ञ रुपमा बाडिएको दाबी गर्दे स्थानीय पालिकाबाट स्थान उपलब्ध गराएको खण्डमा निःशुल्क स्वस्थ्य शिविर, सहुलीयत दरमा औषधि उपलब्ध गराउनेसम्मको कार्य गर्ने योजना आफूहरुको रहेको बताउनुभयो ।
एकतिर आयुर्वेदिक विज्ञबिना सेवा र औषधिवितरण गरिँदा जसले यही विषयमा पढेको छ लगानी गरेको छ यसको महत्व घटेकोमा आफुहरु निराश हुनुपरेको बताउनुभयो । आर्युवेदिक औषधिको विषयमा गरिएको सस्तो प्रचारभन्दा पनि यसको गुणस्तरमा औषधि व्यवसायी, उत्पादक र सरकार गरि तीनै पक्ष सजग हुनुपर्ने बताउदै आयुर्वेद मन्त्रालय स्थापना सरकारसँग माग गर्नुभयो । उहाँले नेपाली औषधि र आयुर्वेद चिकित्सा विधिको विकासमा जोड दिदैं नेपाललाई जडिबुटीको हवका रुपमा विश्वमा चिनाउन सकिने भएकोले सो विषयमा संवेदनशिल हुन सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
बजारमा डिपाटैमेण्टल स्टोर र किराना पसलमा पनि औषधी राख्दा आयुर्वेद क्षेत्रका चिकित्सकहरुले बेला बेलामा विभिन्न आरोपहरु खेप्नुपरेकाले सरकारले त्यस्ता व्यापारीहरुलाई कारवाही गर्नुपर्ने व्यवसायीहरुको माग रहेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयका कन्सल्ट्यान्ट (प्रवक्ता एवम् सूचना अधिकारी) डा.पुष्पराज पौडेलले कोभिड १९ संक्रमण आयुर्वेद पद्धति एउटा अवसरका रुपमा देखिएकोले । पछिल्लो समय ७० प्रतिशत नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दा यो ठूलो समस्याका रुपमा देखापर्दै आएको उनले बताउनुभयो ।
आयुर्वेदले उपचार मात्र नभई स्वस्थ्य जिवनशैलीलाई जोड दिने, स्थानीय तहसम्म नागरिकको पहुँचमा पुग्ने गरि आरोग्य उपचारलाई लग्दै गएको उनले बताउदै । आयुर्वेदको सहि उपचार पद्धति आम नागरिकको पहुँचमा पुग्न नसकेको भन्दै यो क्षेत्रमा लागेकाहरुमा नैतिकता र मानवताका साथ बफादार बन्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीले नेपालमा आयुर्वेद औषधीको संभावना बोकेको भएपनि राज्यले यसको प्रवद्र्धन गर्न नसक्दा ओझेलमा परेको भन्दै आयुवेर्दिक औषधीको महत्वलाई चिन्न नसक्दा समस्या भएको बताउनुभयो ।
परम्परागत ढंगबाटमात्र नभई आधुनिक प्रविधिसँग आयुर्वेदलाई जोडेर लैजान सकेमा जनशक्ति र दक्षता अभिवृद्धिका साथै जडिबुटीलाई स्वदेशमा नै प्रशोधन गर्न सके थप आर्थिक सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
प्राचिनकालदेखि आफ्नो र समुदाय, राष्ट्रप्रति समर्पित भएर परम्परा पद्धति आयुर्वेदीक पद्धति हो । बिस २०५९ सालमा उद्घव पौडेलको अधयक्षतामा स्थापना भएको हो । स्थापनाको लामोसमयमा पनि संस्थागत रुपमा गति लिनन नसकेको बेला पछिल्लो ३ वर्षअघि पुनः यो संस्थालाई थप नया रुपमा अघि बढाएको उनले बताए । कोभिड १९ संक्रमणकै कारण थप कठिनाई भोगेको संस्था अब भने ब्यवसायिक र सामाजिक कार्यमा अघि बढ्ने बताए ।
नेपाल औषधि उत्पादक संघ केन्द्रका अध्यक्ष चन्दकान्त खनालले औषधीमा भ्याट नलाग्ने भन्दै यसलाई प्रोत्साहन गर्न यसको निगरानी र ल्याब टेष्ट नियमित हुने भएकाले पनि नेपाली औषधी गुणस्तरिय हुने बताउनुभयो । लुम्बिनी जडिबुटीको हबका रुपमा विकास भैरहेको भन्दै यो सबैभन्दा पुरानो र भरपर्दो उपचार विधिको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जगनाथ गिरि,व्यवसायी झविन्द्र पौडेल, लुम्बिनी प्रदेश अध्यक्ष देव बहादुर बस्नेत, स्वास्थ्यकर्मी समाजका अध्यक्ष यमलाल भट्टराई, संस्थाका संस्थापक अध्यक्ष उद्दव गौतम, रुपन्देहीका अध्यक्ष सुरज भट्टराई लगायतले आयुर्वेद सम्बन्धि नीतिगत रुपमा नै कमजोरीहरु रहेको भन्दै आयुर्वेदलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
करीब ३१ जनाबाट शुरु भएर संस्थामा अहिले ५५ जना आवद्ध रहेका छन् । नेपालमा पाईने जडिबुटीहरुको अध्ययन, अनुसन्धान गरि उपयोगमा ल्याउने गरि सरकारले काम अघि बढाउनेपर्ने सुझाव दिए । आयुर्वेदिक औषधि करिब ६० प्रतिशत नेपालमा उत्पादन हुँदै आएको छ ।
कार्यक्रमको अध्यक्षता नेपाल आयुवेर्दिक अषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष डा. दिपक ढकालको अध्यक्षता सचिव शालिकराम भुसाल र उपाध्यक्ष कृष्ण केसीले गर्नुभएको थियो ।