add frist

गृहपृष्ठ आवश्यक सहकारीको दशौ बार्षिक साधारणसभा

आवश्यक सहकारीको दशौ बार्षिक साधारणसभा

बुटबल– ५ मा रहेको आवश्यक बचत तथा ऋृण सहकारी सस्थाको दशौ साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा बोल्ने बक्ताहरुले सहकारी स्थापनाको उदेश्य र योजना अनुसार चल्नुपर्ने धारणा राखे । दुःखमा काम लाग्ने सँस्था भएकाले सानो–सानो पँुजीबाट स्थापना भएको सहकारीलाई सोही अनुसार नै सञ्चालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरापलिका का उप प्रमुख साबित्रादेबि अर्यालले सहकारी भनेको सजिलोसंग बचत र सहजरुपमा ऋण पाउने सँस्था भएको बताईन ।उनले सहकारी खुलेपछी सानो सानो पँुजी संकलन गर्न सजिलो भएको र केही उद्यम गर्न चाहानेका लागि सहुलियत सहज रुपमा ऋण दिने नीतिभएकाले यसको महत्व बढेको बताईन ।

घरमा बसेका गृहणी हरुलाई व्यवसायी बनाउने नीति सहकारीले ल्याउनुपर्ने बताएकीथिईन । उप प्रमुख अर्याललेकुनैपनि सदस्यले जम्मागरेको रकम सहि ठाउँमा लगाउने जिम्मेवारी सहकारी सञ्चालकको भएकोलले यसमा सचेत रहन उनले आग्रह गरी । बुटवल उपमहानगरपालिका सहकारी तथा रोजगार प्रर्वद्धन महाशाखा प्रमुख गुणखर खनालले सहकारीको निति नियम अनुसार नै जानुको विकल्प नभएको बताएका थिए ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भटराईले कुनै सहकारीमा पैसा राख्दा वा सदस्य बन्दा त्यो सहकारीमा आफुले चिनेको मानिस हरु छन या छैनन, भन्ने पता लगाएर मात्रै लगानी गर्न आग्रह गरे ।

राष्ट्रिय सहकारी बैकका बुटबल शाखा प्रमुख नाराण बेलबासे सहकारी भनेको सबैको भएकाले यसलाई नमुना बनाउनका लागि सबैको दायित्व रहेको बताए । सहकारीलाई कसरी सञ्चालन गर्ने एक बर्षमा के कस्ता काम गर्ने भन्ने छलफल गर्न दिनुपर्ने, यसमा ब्यापक छलफल हुनु जरुरी रहेको बताए । सस्थाका अध्यक्ष मनोज श्रेष्ठले हाल सम्म सहकारीले लगानी तथा आमदानी राम्रो रहेको बताए ।

सहकारीले आफ्ना शेयर सदस्यहरुको दुघर्टना बिमा समेत गरेको छ । गत आर्थिक बर्षमा ५ जनालाई दुघर्टना राहात रकम समेत बितरण गरेको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष नुरुद्दीन शाह, सल्लाकार विश्वास ढकाल, केशब कुँवर, लेखा सँयोजक बिनय कसौधन, उपाध्यक्ष सुमन श्रेष्ठ, लगायतले विद्यमान अवस्थामा सहकारीले आफना सदस्यहरुलाई थप सेवा दिने खालका योजना ल्याउनुर्पने बताएका थिए ।

सोही कार्यक्रममा उत्कृष्ठ ऋणी, असल बचतकर्ता, सल्लाहकारलाई सम्मान गरिएको सहकारीका सचिव राजकुमार गुप्ताले जानकारी दिए । सहकारीमा ५ सय ३४ जना शेयर सदस्य रहेका भने शेयर पँुजी एक करोड ९५ लाख ५३ हजार ७ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु