अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारी साधन नियन्त्रण

चितवन,असार । चितवनमा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवनको कालिका नगरपालिका वडा नम्बर ८ र रन्तनगर नगरपालिका वडा नम्बर १४ र १६ स्थित कयर खोलामा अबैध रुपमा उत्खनन् गर्ने जेसिबीसहित ट्रयाक्टर र टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शुक्रबार खोलामा अबैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलिले एउटा जेसिबी, २ वटा टिपर १८ वटा ट्रयाक्टर गरी जम्मा २१ वटा सबारी साधनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।