अधिकारी वंश प्रतिस्ठान सैनामैनाको अधिवेशन

बुटवल,। अधिकारी वंश प्रतिस्ठान सैनामैना नगर समितिले आफ्नो दोस्रो अधिवेशन शुक्रबार सम्पन्न गरेको छ ।
राम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य पुष्पा शर्मा अधिकारीले वंश विकास र संरक्षणका लागी सबै अधिकारी एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
कार्यक्रम फर्शुराम अधिकारीको स्वागत तथा युवा व्यक्तित्व राम प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
यसैविच अधिवेसनबाट अध्यक्षमा सर्वसहमत राम प्रसाद अधिकारी चयन भएका छन् ।
जमुना अधिकारी(उपाध्यक्ष), बासुदेव अधिकारी (सचिव),बिष्णु अधिकारी (सह सचिव), भगवति अधिकारी (कोषाध्यक्ष) चयन भएका छन् ।
सदस्यहरुमा मोतिलाल अधिकारी,मित्रलाल अधिकारी,शान्ता अधिकारी र अनन्त अधिकारी चयन भएका छन् ।