add frist

अग्रसेन जयंती भव्यताका साथ सम्पन्न

बुटवल । अग्रहरी युवा संघ बुटवलद्वारा बुटवलको निलकन्ठ बाबाधाम मन्दिरमा अग्रसेन जयंती भव्यताका साथ सम्पन्न गरेका छ ।
अग्रसेन जयंती हरेक वर्ष घटस्थापनाको दिन अर्थात नवरात्रको पहिलो दिने पर्ने हुनाले सोमबार निलकन्ठ बाबाधाम मन्दिर परिसरमा विभिन्न सांस्कृतिक र विशेष पुजाको कार्यक्रम गरी बुटवलमा अग्रसेन जयंती अग्रहरी युवा संघ बुटवलले संपन्न गरेको हो ।

कार्यक्रममा बोल्दै आलोक अग्रहरीले ५००० वर्ष अगाडी देखी नै महाराज अग्रसेन जीको जन्म जयंती मनाउने परम्परा रहेको र आजको दिन संसार भरी फैलीएको अग्रहरी समुदायले आफ्नो आफ्नो ठाउमा विषेश कार्यक्रम गर्दै अग्रसेन जयंती मनाउने परम्परा रहेको र यही अनुरुप आज सोमबार सूर्यवंशी-रघुकुल वंशकाे ३८ औं पीढ़ीका महाभारतका बाल महायोद्धा, कलयुगका अवतारी, समाजवादी राज्यव्यवस्थाका प्रथम अवलम्बनकर्ता, माता महालक्ष्मी उपासक, इन्द्र अभिमान मर्दनकर्ता भगवान श्री अग्रसेन छत्रपति महाराजाधिराजकाे ५१४६ औं ज्ञात अवतरण जयन्ती आज सोमवारका दिन, बुटवल, दीपनगर स्थित नीलकण्ठ बाबा धाम परिसरमा मनाईएको युवा सङ का उपाध्यक्ष अजय अग्रहरी ले जानकारी गराए ।

विशेष गरी हिन्दू धर्मको वैश्य जातीको अग्रहरी समुदाय, अग्रवाल समुदाय,को सुरुवात महाराज अग्रसेनबाट भएको र यी समुदाय महाराज अग्रसेनको बंसजका रुपमा स्थापित छन्।

यसैगरी नवलपरासीमा अग्रहरीहरुको उपस्थितिमा भव्यताका साथ अग्रसेन जयंती मनाएको छ् । यही अवसरमा अग्रहरी समाज नवलपरासीले श्रीमती माया अग्रहरीलाई नया अध्यक्षको रुपमा चयन गर्दै नया कार्य समिति पनी गठन भएको जानकारी सुरेन्द्र अग्रहरीले दिनु भयो ।

साथै भैरहवामा अग्रहरी सेवा समाज रुपन्देहीद्वारा संस्थापक अध्यक्ष श्री जोगीन्दर अग्रहरीको अध्यक्षतामा विशेष कार्यक्रमका साथ अग्रसेन जयंती भव्यताका साथ मनाएको छ् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु