add frist

पेट्रोलियममा लगाएको कर घटाएर मूल्यवृद्धि फिर्ता लिन अखिल छैठौंको माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले आयल निगमले पटक पटक गरेको मूल्यवृद्वि तत्काल फिर्ता नलिए कडा अन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

मंलबार अध्यक्ष देवेन्द्र कुँवरले एक विज्ञप्ति जारी गर्दै जनताको ढाड सेक्ने गरी भैरहेको मूल्यवृद्वि तत्काल फिर्ता लिन माग गर्नु भएको हो ।

विज्ञप्तिमा भनिएको छ –
‘पटक पटक नेपाली जनताको ढाड सेक्ने गरि नेपाल आयल निगमले गरेको मूल्यवृद्धिप्रति अखिल (छैठौं) को गम्भीर ध्यानाकर्षण भएको छ । मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ । आयल निगमले मूल्यवृद्धि फिर्ता नलिए कडाभन्दा कडा आन्दोलन गर्ने र सम्पूर्ण आम सर्वसाधारण जनतालाई आन्दोलनमा उत्रन आव्हान गर्दछौं ।

कहिले अन्तर्राष्ट्रिय बजारको मूल्य देखाएर त कहिले आयल निगमको घाटा देखाएर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनको लागि आन्दोलनको विकल्प नभएकोले आन्दोलन ऑधिबेहरी सिर्जना गर्नमा समेत जोड दिन चाहन्छौं ।

आज देशको राष्ट्रियता कमजोर बनेको छ, जनजिविकाको सवाल अस्तव्यस्त छ तर सरकार मौन छ, र सत्ताको रस्साकस्सीमा व्यस्त छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्य समायोजन गर्ने बाहनामा गरिएको मूल्य वृद्धिको कारण जनताको जनजीवन कष्टकर बनेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम सर्वसाधरणको चुलो नै बन्द हुने र गास नै बन्द हुने अवस्था सिर्जना भएको छ ।

मूल्यवृद्धिको असर अन्ततः गरिखाने सर्वसाधारणलाई नै परेको छ यसतर्फ ध्यान नदिनु सरकारको लाचार, गैर जिम्मेवारीपन हो।

तसर्थ नेपाल सरकारलाई दिर्घकालिन रुपमा पेट्रोलियम पदार्थको विकल्पको बारेमा खोज अनुसन्धान गरि कार्यान्वयन गर्न र मूल्य नियन्त्रण नहुन्जेलसम्म पेट्रोलियम पदार्थको आयातमा लगाईएको सम्पूर्ण शिर्षकका कर मिनाहा गर्न र आयातमा सहुलियत दिन समेत जोडदार माग गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु